काठमाडौं, १६ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चाम थापाले तनहुँको क्षेत्र नम्वर– २ (क) का लागि उम्मेद्वारी आवेदन दर्ता गरेका छन् । आगामी ४ मंसिर गते हुने प्रदेशसभा निर्वाचनका लागि सदस्यमा युवा नेता थापाले प्रत्यक्षतर्फ उम्मेद्वारी दर्ता गराएका हुन् ।
पछिल्लो समय जनताले युवापिँढीको माग गरिरहेको र व्यवस्थामा परिवर्तन ल्याउन आफुले उम्मेदवारी दिन लागेको थापाले रिपोर्टर्स नेपालडटकम सँग बताए ।
जनताले युवा र नयाँ अनुहार खोजेको उनको भनाइ थियो । ‘पार्टीले जुन क्षेत्रमा टिकट दिएपनि आफुँ चुनाव लड्न तयार छु,’ उनले भने । पछिल्लो समय राजनीतिमा निकै सक्रिय रुपमा लागेका थापा युवाहरु माझ निकै लोकप्रिय मानिन्छन् ।