Logo

धादिङ २ ‘क’ बाट प्रदेश सांसदमा सुवेदी सिफारिस



काठमाडौं, १६ भदौ । नेपाली कांग्रेस धादिङ क्षेत्र २ ‘क’ ले नेता खुमबहादुर सुवेदीलाई प्रदेश सांसद उमेदवार बनाउन माथिल्लो तहमा सिफारीस गरेको छ । बुधबार बसेको प्रदेश समिति र त्यस क्षेत्रका महाधिवेशन प्रतिनिधहरूको बैठकले प्रदेश २ क मा प्रत्यक्ष निर्वाचनको उम्मेदवारमा सुबेदीलाई सिफारिस गरेको हो ।

उनी नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रदेश अधिवेशन प्रतिनिधि पनि हुनु । राजनीतिसंगै व्यवसायमा पनि सक्रिय सुवेदीले भर्खरै मात्र सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन निकै ठूलो सक्रियता देखाएका थिए ।

सुवेदीसंगै अन्य केहिको नाम पनि सिफारिस भएको छ । उर्जाशिल र गतिशिल सुवेदीलाई बलियो दाबेदारको रुपमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्