Logo

इच्छाराजको परिवारसँग ४ अर्ब बढी बिगो दाबी



काठमाडौं, भदौ १७ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङको परिवारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

विभागले बिहीबार तामाङका परिवारविरुद्ध ४ अर्ब ४३ करोड ५१ लाख बढी बिगो दाबीसहित मुद्दा दायर गरेको हो। प्रतिवादीहरू इच्छाराज र केशवलाल श्रेष्ठले सम्पत्तिको स्रोत लुकाउन आफ्ना परिवारका सदस्यहरूबीच अंशबन्डा गराएको भन्दै विभागले सिर्जना शाक्य (तामाङ), प्रतिष्ठा तामाङ, प्रतीक्षा तामाङ र मीनाकुमारी श्रेष्ठ समेतका नामबाट कारोबार भएको एवं सम्पत्ति लुकाईछिपाई राखी सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य पुष्टि हुन आएको अभियोगपत्रमा उल्लेख छ।

सहकारी सञ्चालक तामाङविरुद्ध भने ३ अर्ब ३१ करोड बढीको गैरकानुनी सम्पत्ति तथा ठगीसम्बन्धी अभियोगपत्र दायर गरिएको छ। ३ अर्ब ३१ करोड ८५ लाख रूपैयाँ सम्पत्ति गैरकानुनी ढंगले आर्जन गरेको अभियोगमा सोही बराबर बिगो दाबी गरी मुद्दा दायर गरिएको हो। उनकी पत्नी सिर्जना शाक्यविरुद्ध १ अर्ब ३ करोड रूपैयाँ बिगो दाबी गरिएको छ। छोरी प्रतीक्षाविरुद्ध ६ करोड २२ लाख र प्रतिशाविरुद्ध १ करोड ८९ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। तामाङ परिवारका सदस्यविरुद्धको कुल बिगो रकम ४ अर्ब ४३ करोड ५१ लाख हुन आउँछ।



प्रतिक्रिया दिनुहोस्