Logo

एमालेले कुप्रचार गरेको भन्दै माधव नेपाल फायर



काठमाडौं, १७ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आसन्न निर्वाचन तयारीका लागि जनताको घरदैलोमा जान पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ समाजवादी कास्कीको भेलामा अध्यक्ष नेपालले चुनावमा टिकट प्राप्त गर्न सम्बन्धित भूगोलमा क्रियाशील हुनुपर्नेमा जोड दिँदै उम्मेदवार बन्न काठमाडौँ धाउने प्रवृत्ति नदेखाउन कार्यकर्तालाई सुझाव दिएका हुन् ।

निर्वाचनमा पार्टीले मापदण्ड बनाएर उम्मेदवार छनोट गर्ने बताउँदै उनले नेपालले गठबन्धनमा सहमति नभए आफ्नो पार्टी एक्लै चुनावमा जाने भएकाले सबै जनवर्गीय सङ्गठनले देशभर सङ्गठन सुदृढीकरणका लागि उत्साहित भएर लाग्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टीको निर्णय सबै कार्यकर्ताले मान्नुपर्ने भन्दै गठबन्धन दलभित्र सबैको महत्व र भूमिकाको मूल्याङ्कन गरी न्यायोचित आधारमा सिट बाडफाँट गर्नुपर्नेमा जोड दिए । आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) मा विलय हुँदैछ भनेर नेकपा (एमाले) ले कुप्रचार गरेको उनको भनाइ थियो । file photo



प्रतिक्रिया दिनुहोस्