काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सर्वसम्मत् उम्मेद्धवारको रुपमा सिफारिश हुन सकेनन् । कोइरालाको नाम मोरङ–६ बाट सिफारिश भएको छ । तर, उनको नाम एकल रुपमा सिफारिश हुन सकेन।
उक्त क्षेत्रबाट कोइरालासँगै डा. डीला संग्रौला, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम पनि सिफारिस भएको छ । ०७४ को निर्वाचनमा शेखर कोइराला वाम गठबन्धनका उम्मेद्धवार लालबाबु पण्डितसँग पराजित भएका थिए । file photo