Logo

अहिलेको प्रणाली फेर्न चुनावपछि सडकमा जाने प्रचण्डको घोषणा (भिडिओसहित)



काठमाडौं, १९ भदौ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावपछि आफू अहिलेको प्रणाली फेर्न सडकमा जाने घोषणा गरेका छन् । आज (आइतबार) मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

दाहालले अहिलेका शासन प्रणाली र चुनाव प्रणालीमाथि प्रश्न उठाएका थिए । सम्बोधनका क्रममा भने,‘हेरिरहनु होला चुनावपछि म सडकमा जान्छु । समाजवादमा जाने जुन परिकल्पना मैले गरेको छु त्यसका लागि यो मेसिनरी बदल्न जरुरी छ । शासन प्रणाली र चुनाव प्रणाली बदल्न जनतामा जानुको विकल्प छैन र त्यो आन्दोलन हुनेछ । हेर्नुहोला त्यो कसरी हुन्छ । हामीबाहेक अरुले सक्दैनन्, अरुले गर्ने आन्दोलन त प्रतिगमन हो ।’ उनले समाजवादबारे विश्वमा कहीँपनि बनिबनाउन सूत्र नभएको टिप्पणी गरे ।

https://www.facebook.com/prachanda.nepal/videos/1062049207832707



प्रतिक्रिया दिनुहोस्