Logo

घरजग्गा कारोवारीले लाइसेन्स नलिए १० लाख जरिवाना



काठमाडौं, भदौ २० । सरकारले मालपोत ऐन, २०३४ लाई संशोधन गरेर घर जग्गासम्बन्धी कारोबार गर्ने इजाजत लिनुपर्ने व्यवस्था गर्ने भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आइतबार प्रतिनिधिसभामा पेस गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत मालपोत ऐन, २०३४ लाई संशोधन गरेर यस्तो व्यवस्था गर्न लागेको हो।

कोही कसैले इजाजतपत्र नलिई सूचनामा तोकिएको क्षेत्रमा सूचनामा उल्लेखित क्षेत्रफल वा सीमाभन्दा बढी घर जग्गा सम्बन्धी कारोबार गरेको पाइएमा १० लाख रुपैयाँसम्म जरिवाजा गर्न सकिने व्यवस्था संशोधन विधेयकमा गरिएको छ।

यद्यपी झुट्टा विवरण पेस गरी इजाजत लिएमा, इजाजतपत्र जारी गर्दाको समयमा तोकिएका शर्तको उल्लघन गरेमा, इजाजतपत्र नविकरण नगरे भेटिए सरकारले जुनसुकै बेला पनि इजाजतपत्र खारेज गर्न सक्नेछ।



प्रतिक्रिया दिनुहोस्