Logo

इन्जिनियर्स एशोसिएसनको प्रतिनिधि र खानेपानी मन्त्रीबीच भेटवार्ता



काठमाडौं, २० भदौ । नेपाल इन्जिनियर्स एशोसिएसन कार्यसमितिको टोलीले खानेपानी मन्त्री उमाकान्त चौधरीसँग औपचारिक भेटवार्ता गरेको छ ।

एशोसिएसनको प्रतिनिधिको टोलीले मन्त्री चौधरीसँग इन्जिनियरिङ स्टाफ कलेजको स्थापनाका लागि सहयोग गर्न अनुरोध गरेको भेटवार्तामा सहभागी एक सदस्यले जानकारी दिए ।

एशोसिएसनको टोलीको तर्फबाट मन्त्री चौधरीसमक्ष इन्जिनियरलाई स्थानीय तह र प्रदेश तथा नेपाल सरकारको अन्य निकाय बाट छैठौतह बाट लिने गरिएको अब सम्पूर्ण नियुक्ति न्युनतम सातौ तहबाट लिन समेत आग्रह गरिएको थियो ।

त्यस्तै, हरेक बर्ष साउन ३ गतेका दिन अन्य दिवस सरह इन्जिनियर दिवसलाई सरकारी सुचनामा अकिंत गर्न समेत एशोसिएसनले माग राख्दै आएको छ।



प्रतिक्रिया दिनुहोस्