काठमाडौं, २१ भदौ । नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई अढाई वर्ष जेल सजाय गरेको छ ।
न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले आज (मंगलबार) यस्तो फैसला गरेका हुन् ।
अदालतले शाहलाई २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ ।
शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । उनीमाथि बलात्कारको अभियोग थियो ।
शाहले बलात्कार अभियोगबाट सफाइ पाएका छन् । उनको मुद्दा बाल यौन दुरूपयोगमा झरेको हो । file photo