काठमाडौं, २३ भदौ । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) की नेतृ एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले एमालेको कडा आलोचना गरेकी छिन् ।
उनले एमालेले सत्तामा रहँदा र बाहिर रहँदा फरक–फरक कुरा गरेर जनतालाई झुक्याएको आरोप लगाएकी हुन् ।
आज (बिहीबार) बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेको आलोचना गरेकी हुन् ।
उनले आगामी निर्वाचनमा सबै पार्टीले सक्षम र निष्ठावान व्यक्तिलाई टिकट दिनुपर्नेमा जोड दिईन् ।
उनले गुल्मी-२ ले यसपटक नयाँ अनुहार खोजेको उल्लेख गर्दै आफू सोही क्षेत्रबाट चुनाव उठ्ने पनि घोषणा गरिन् । file photo