काठमाडौं, २३ भाद्र । दिवंगत नेता प्रदीप गिरीले २०७४ मा चुनाव जितेको क्षेत्र हो सिराहा क्षेत्र नं १ । गिरीले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई ३ हजार ८ सय मतान्तरले पराजित गरेका थिए ।
गिरीको निधन भएपछि उक्त क्षेत्रमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार हुने चर्चा छ । गिरीको ठाउँमा कस्को स्थिति के होला भन्ने चासो छ ।
स्थानीय चुनावको मतपरिणामलाई आधार मान्दा नेपाली काँग्रेस सिराहा १ मा अन्य दलभन्दा बलियो स्थितिमा छ । काँग्रेसको २८ हजार २९७ मत छ । नेकपा एमालेको २० हजार ३८९ मत छ । गठबन्धनका जसपाको ७ हजार ७५ र माओवादीको ११ सय ५३ र नेकपा एसको ८ हजार १६४ मत छ । यसकारण गठबन्धन सिराहा १ मा बलियो स्थितिमा छ ।