Logo

टिकट किनेर काँग्रेस हुने गरेको पूर्वराष्ट्रपति यादवको टिप्पणी



काठमाडौं, २३ भाद्र । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली काँग्रेसमा विचार र सिद्धान्तभन्दा पैसाको बोलवाला हुन थालेको टिप्पणी गरेका छन् । टिकट किनेर काँग्रेस बन्ने प्रवृत्ति बढेको भन्दै गम्भीर स्थिति आएको बताए ।

राजधानीमा वीपी साहित्य सम्मान एवं वीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहमा सम्बोधन गर्दै काँग्रेसलाई राम राम भन्ने अवस्था आएको बताए । वीपीको राजनीतिक दर्शन र कृतिहरु पढेर काँग्रेस बन्ने परम्पराभन्दा पैसाको बलमा काँग्रेस बन्नेहरु हावी भएको उनको भनाई थियो ।
यादवले भने,‘वीपीले बोलेको राजनीतिक दर्शन पढ्ने फुर्सद काँग्रेसीलाई छैन, सोझै काँग्रेस छिर्छन् ।’

काँग्रेसले अरु पार्टीसँग मिलेर चुनावमा टिकटको भागवण्डा गर्नुपर्ने अवस्था ल्याउनुलाई दुर्भाग्यपूर्ण भने । यसलाई यादवले अंशवण्डाको संज्ञा दिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्