Logo

निर्दोष दाबी गर्दै सन्दीपले भनेः केही दिनमै स्वदेश फर्कन्छु



काठमाडौं, २४ भाद्र । क्रिकेटका लोकप्रीय खेलाडी सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै चाँडै नेपाल फर्कने निर्णय लिएको बताएका छन् । उनले क्यारेबियन प्रिमियर लिगबाट केही समय विश्राम लिएर केही दिनमै स्वदेश फर्कने निर्णय लिएको खुलाएका हुन् ।

सामाजिक सञ्जालमा सन्दीपले लेखेका छन्,‘म निर्दोष छु र नेपालको कानूनको सम्मान र पूर्ण विश्वास छ ।’ आफूमाथिको आरोप आधारहिन रहेको उनको दाबी छ ।

उनले लेखेका छन्,‘ममाथिको आधारहीन आरोपको सामना गर्न तयार छु ।’ उनले निष्पक्ष छानविन हुने विश्वास समेत व्यक्त गरे ।

सन्दीपमाथि १७ वर्षीया नाबालिगले बलात्कारको आरोप लगाएकी छिन् । किशोरीको अभिभावकले उनीविरुद्ध बलात्कारको उजूरी प्रहरीमा दर्ता गरेपनि छानविन बढेको छ ।



प्रतिक्रिया दिनुहोस्