काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले सरकार र गठबन्धनविरुद्ध षड्यन्त्र भैरहेको टिप्पणी गरेका छन् । उनले सरकार र गठबन्धनविरुद्ध भैरहेको षड्यन्त्र चिर्नको लागि पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिए ।
आज (शुक्रबार) कांग्रेस चितवन जिल्ला समितिले १०९औं विपी जयन्तीको अवसरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सो क्रममा गठबन्धनको विरुद्ध गर्नु भनेको पार्टी समाप्त गर्नु हुने भन्दै सचेत हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
प्रधानमन्त्री देउवाले पार्टीलाई हित हुनेगरि नै सिट बाँडफाँट हुने विश्वास दिलाए । सत्ता गठबन्धनमा अहिले सिट बाँडफाँटबारे छलफल भैरहेको छ । तर, दलका आ–आफ्ना अडानका कारण सिट बाँडफाँट टुँगो लागेको छैन् । file photo