Logo

धमलाकाे प्रश्न: कांग्रेस र माओवादी केन्द्रबीच मात्र गठबन्धन हुन लागेकाे हाे?



काठमाडौं, २६ भदाै। नेकपा (माओवादी केन्द्र) का नेता एवं शिक्षामन्त्री देवेन्द्र पाैडेलले असाेज २ सम्म गठबन्धनमा सिट बाँडफाँट सम्पन्न हुने दाबी गरेका छन्।

‘पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटमा सकस हुनु स्वाभाविकै हाे। तर नाेमिनेसन हुने दिनसम्म त्याे टुंगाेमा पुग्छ। गठबन्धन धरापमा पर्दैन,’ रेडियाे एनआरएनकाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाैडेलले भने।

माओवादी केन्द्रले ६० सिट लिनु अर्घेल्याइँ नहुने पनि उनले बताए। ‘हाम्राे पार्टी पहिलेभन्दा सुदृढ छ। हामी सबैलाई मिलाएर लैजाने पक्षमै छाैं। कांग्रेस र हामीबीच मात्र तालमेल हुन लागेकाे कुरा साँचाे हाेइन।’

साथै उनले राष्ट्रपतिले नागरिकता विधेयकमा लालमाेहर लगाउनुकाे विकल्प नभएकाे बताए। पाैडेलले भने, ‘राष्ट्रपतिलाई कार्यकारी अधिकार छैन। हामीले विदेशीलाई नागरिकता दिने हाेइन, नागरिकता नपाएका नेपालीलाई नै दिने हाे।’



प्रतिक्रिया दिनुहोस्