काठमाडौं, २६ भदौ । “जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ” भन्ने मुलनारा बोकेको मुक्तिनाथ विकास बैंक लि.ले शनिबार बृहत घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । ग्राहकहरुमा वित्तीय साक्षरता पुराउन र आफ्नो सेवा, सुविधाहरुको जानकारी तथा खाता खोल्ने सुविधा दिन देशभर रहेको सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरुले उक्त कार्यक्रम सम्पन्न गरेका हुन् ।
यस कार्यक्रममा बैंकका अध्क्षय, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारीहरु तथा अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनीहरुको समेत सहभागीता रहेको थियो ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुनसुकै बैंकको ATM Machine बाट निशुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मातथामिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३)आदि जस्ता सेवाहरु बैंकको शाखामाभौतिक रुपमाउपस्थितनभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।