काठमाडौं, २६ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बिना निश्कर्ष सम्पन्न भएको छ । आज विहान बालुवाटारमा बसेको बैठकले आगामी निर्वाचनको लागि सिटको बाँडफाँट टुँगो लगाउने भनिएको थियो । तर, शीर्ष नेताहरुको बैठकले यसबारेमा कुनै सहमति जुटाउन सकेन् । बैठक भोलि (सोमबार) विहान ८ बजे पुनः बस्ने जनाईएको छ ।
तर, गठबन्धनको मुख्य घटक नेकपा (एकीकृत समाजवादीं) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सिट बाँडफाँट टुँगो लाग्ने बताए । उनले भोलिसम्म यसबारेमा सहमति गरिने जनाए । पछिल्लो समय सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे निरन्तर छलफल भैरहेको छ ।
तर, गठबन्धनमा आवद्ध दलले आ–आफ्नो दाबी कायमै राखेकोले सहमति हुन सकेको छैन् । कांग्रेसले १०० सिटको अडान कायमै राखेको छ । तर, माओवादी केन्द्र, नेकपा (एस), जसपा र जनमोर्चाका नेताहरुले भने गठबन्धनमा कांग्रेस अलिक बढि उदार हुनुपर्ने अढान राखेका छन् । file photo