काठमाडौं, २७ भदौ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई डेंगी संक्रमण भएको छ।
साम्बालाई आइतबार डेंगी लागेको पुष्टि भएको एन्फाले जनाएको छ । उनको स्वास्थ्य सामान्य रहेको जनाईएको छ ।
अहिले काठमाडौंमा महिला साफ च्याम्पियनसिप चलिरहेको छ । नेपालले आज साँझ साढे ५ बजे श्रीलंकासँग आफ्नो समूहको अन्तिम खेल खेल्दैछ।
file photo/ReportersNepal