Logo

नेप्सेमा उच्च अंकको वृद्धि हुँदा कारोबार रकम बढेन



काठमाडौं, २८ भदौ । धेरै दिनपछि शेयर बजारमा आज हरियाली छाएको छ । नेप्से परिसुचक २१ दशमलव ३० अंकले बढेर १९३४ दशमलव ४ विन्दुमा पुगेको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ८३ अंकले बढेर ३७६ दशमलव १७ विन्दु कायम भएको हो ।

यसैगरी, मंगलबार २३१ कम्पनीको ९२ करोड २५ लाख ७४ हजार ४१० रुपैयाँ बराबरको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर खरिद विक्रि गरेको नेप्सेले जनाएको छ । आज सबै समुहका उपसुचक बढेका छन् ।



प्रतिक्रिया दिनुहोस्