काठमाडौं, २९ भदौ । चर्चित नायिका तथा समाजसेवी एलिजा गौतमले तेह«थुमको फेदाप गाउँपालिकालाई साढे तीन लाख मूल्य बराबरको मेडिकल सामाग्री सहयोग गरेकी छिन् । गौतमले आफ्नो एलिजा फाउण्डेशनमार्फत ती सामाग्री गाउँपालिकालाई प्रदान गरेकी हुन् ।
उनले आगामी दिनमा अझै सहयोग बढाउदै लैजाने पनि प्रतिबद्धता जनाएकी छिन् । उनले फेशबुकमा लेखेकी छिन्-
मेरो आफ्नै एलिजा फाउण्डेशन द्वारा Terhathum जिल्ला फेदाप गाउँपालिका लाई रु,3,50,000/- लागत मुल्य बराबरकाे विरामीकाे लागि अक्सिजन दिने इलाेक्ट्राेनिक उपकरण सहित फेदाप गाउँपालिकाकाे सहयाेगमा 1 थान स्टेचर र विभिन्न प्रकारका अत्यावश्यक औषधिहरु मिति 2079 भदौ 23 गते ओयाक्जुङ स्वास्थ्य चाैकी लाई गाउँपालिका अध्यक्ष श्री केशब प्रसाद भेट्वाल ज्यु बाट 2 नं वडा अध्यक्ष गाेविन्द प्रसाद लिम्बू मार्फत हस्तान्तरण गरिएको छ .. आउने दिन मा अझै दुर्गम जिल्ला मा बिकट ठाउँमा अफ्ट्यारो परेको ठाउँमा मेरो सहयोग निरन्तरता सधैँ रहने छ