काठमाडौं, २९ भदौ । नेपाल भ्रमणमा रहेका अनन्त विभुषित श्री भद् जगदगुरु सुर्याचार्य कृष्णानन्द गिरी द्धारिकापिठाधिश्वर महाराजजीको स्वागतमा साताव्यापी विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।
नेपाल–भारत संयुक्त हिन्दु संरक्षण मञ्च र विश्व हिन्दु गोरक्षा अभियानले संयुक्त रुपमा आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर सोमबारदेखि सुरु भएर असोज ४ गतेसम्म आयोजना गरिने कार्यक्रमको बारेमा जानकारी दिइएको हो ।
नेपाल र भारतका नागरिक समाज धार्मिक, सामाजिक, संघ संस्थाहरुले राम्रो भूमिका निर्वाह गर्नु नितान्त आवश्यकता बन्न गएको अभियानले जनाएको छ । महाराजजीको स्वागतमा कार्यक्रमहरु सोमबार (भदौ २७) गतेदेखि नै सुरु भएको छ ।
जगदगुरु सुर्याचार्य कृष्णानन्द गिरी द्धारिकापिठाधिश्वर महाराजजीले ५ लाख नेपाली युवाहरुलाई रोजगारीको सिर्जना गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै महाराजले भने,“धार्मिक उत्पादन,जडिबुटी वृक्षारोपण, सडकमा रहेका गाईहरुको संरक्षण र व्यवस्थापनको लागि युवाहरुलाई रोजगार दिने हाम्रो लक्ष्य रहेको छ ।”
कार्यक्रम अनुसार भदौ २७ गते (१२ सेप्टेम्बर) मा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा १ बजे स्वागतका लागि जम्मा भएर अग्रवाल भवनसम्म जान सम्बन्धित सबैमा आग्रह गरिएको थियो । अभियानको मंगलबारदेखि ३ दिन भोलिसम्म उच्च स्तरीय भेटघाट पुजा अर्चना प्रवचन गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी, कार्यक्रम अनुसार असोज १ गते पशुपतिनाथमा रुद्रभिषेक, जलाभिषेक महामृत्युन्जय जप हवनको साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ७२औं शुभ जन्मोत्सवको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको भव्य आयोजना गरिएको छ ।
त्यस्तै, असोज ३ र ४ गते चतराधाममा नेपालका प्रथम जगत गुरु बाल सन्त महाराजको समुपस्थितिमा देवराज अधिकारीको संयोजकत्वमा नागरिक अभिनन्दन वाराशा भगवानको दर्शन कौशिकी नदि स्नान गरि शुभ जन्मोत्सको कामना गरेर काठमाडौं फर्कने कार्यक्रम रहेको छ । र, असोज ६ गते महाराजजी बम्बै प्रस्थान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, भारतीय राजुदत लगायतलाई आमन्त्रण गरिने जनाइएको छ ।
कार्यक्रमको सभापतित्व संयोजक किशोरी महतोले गरेका थिए भने स्वागत मन्तव्य संयोजक केशव ढुंगानाले राखेका थिए । महामन्त्री चक्रदेव जोशीलगायतले शुभकामना दिएका थिए ।