Logo

चार दिने भ्रमण पूरा गरी चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली स्वदेश फिर्ता



काठमाडौं, भदौ, ३० । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । बिहीबार उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा बिदाइ गरे ।

अध्यक्ष ली चान्शु यही भदौ २७ गते अपरान्ह नेपाल भ्रमणमा आएका थिए । ली नेपाल आएकै दिन सभामुख सापकोटा र लीबीच शिष्टाचार भेट वार्ता भएको थियो ।

त्यसपछि सभामुख सापकोटा र लीले आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक वार्ता गरेका थिए । वार्ता पछि नेपालको संघीय संसद तथा चीनको राष्ट्रिय जनकङ्ग्रेस (नेसनल पिपुल्स कंग्रेस) बीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

समझदारी पत्रमा संघीय संसदको नेतृत्व सभामुख सापकोटा र जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष लीले हस्ताक्षर गरेका थिए । लीले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्