काठमाडौं, भदौ ३० । नेपालमा दर्ता नभएका मोबाइल अव नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणाली लागु गर्ने निर्णय गरेसँगै दर्ता नभएका मोबाइल नेपालमा नचल्ने भएका हुन्।
मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न प्राधिकरणले यो प्रणाली लागू गरेको हो ।
प्राधिकरणका अनुसार २०७९ भाद्र ३० गते सम्म विदेशबाट व्यक्तिगत तवरले ल्याईएका मोबाइल सेट लगायत २०७९ भाद्र ३० गते मितिसम्म चालु रहेका सबै मोबाइल सेटहरू स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाईएको छ । २०७९ भाद्र ३० पश्चात मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भएरनभएको एकिन गरी मात्र खरिद गर्न प्राधिकरणले आग्रह गरेको छ ।
साथै मोबाइल आयातकर्तारविक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र विक्री वितिरण गर्न अनुरोध गरेको छ । यससँगै दर्ता नभएका मोबाइल भने चल्ने छैनन् ।
विशेषगरी विदेशमा घुम्न गएका नेपालीले ल्याउने मोबाइल, वैदेशिक रोजगारीमा गएकाहरुले फर्किदा ल्याउने फोन, र गैर कानुनी प्रक्रियाबाट आउने चोरीका मोबाइललाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको नेपाल दूर सञ्चार प्राधिकरण स्रोतको भनाई छ । यदि त्यसरी कसैले मोबाइल फोन ल्याएमा भन्सार बिन्दुमा कर तिरेपछि मात्रै चलाउन पाइन्छ ।
विदेशी बजारबाट एउटा, दुईटा किनेर ल्याएका फोनहरु मात्रै दर्ता गर्नुपर्नेछ । तर, आधिकारिक नेपाली व्यवसायीमार्फत खरिद गरिएका फोनहरु भने व्यवसायीले नै दर्ता गरेर ल्याउने भएकाले नेपालमा किनेका फोनहरु दर्ता गर्न नपर्ने प्राधिकरणले जनाएको छ ।