काठमाडौं, ३० भदौ । ‘निर्वाचनमा पैसाको प्रभाव र यसका विकृति’बारे काठमाडौंमा एक कार्यगोष्ठीको आयोजना गरिएको छ ।
भूगोलपार्क संस्थाले आज (बिहीबार) उक्त कार्यशालाको आयोजना गरेको हो ।
आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर भूगोलपार्कले निर्वाचनसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको छ ।
आजको कार्यक्रममा पूर्व मुख्यसचिव लिलामणि पौड्याल, पूर्व डिआईजी तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।
तस्विर : अरुणजंग कार्की/रिपोर्टर्स नेपाल डटकम