काठमाडौं, ३१ भदौ । विद्युतीय गाडी बिवाइडीले आगामी असोज २ गते काठमाडौंको गौरीघाटमा ‘बिवाइडी वर्कशप’ को उद्घाटन गर्ने भएको छ ।
स्पार्क अटो केयरले उक्त वर्कशप सञ्चालनमा ल्याउन लागेको हो ।
यसअघि बिवाइडीले पहिलोपटक ‘सेल्फ ड्राइभ’ अवधारणा ल्याएको थियो ।
बिवाइडी गाडीको आधिकारिक बिक्रेता सिमेक्स इन्क प्रालिले स्पार्क ग्रुपअन्तर्गतको सेल्फ ड्राइभ प्रालिलाई ५० वटा इ–सिक्स विद्युतीय गाडी बिक्री गरेको सिमेक्सका प्रमुख कार्यकारी अधिृकत शाहिल श्रेष्ठले जनाएका थिए ।
सिमेक्सले फ्लिट अपरेसनका लागि दक्षिण एसियामा सबैभन्दा ठूलो विद्युतीय गाडी प्रदान गरिएको जनाएको हो ।
श्रेष्ठले काठमाडौंमा वातावरणमा प्रदूषण बढिरहेको अवस्थामा बिवाइडीका विद्युतीय गाडीको प्रयोगले प्रदूषणरहित वातावरण निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आएका छन् ।