Logo

नागा चैतन्य–सामन्थाको सम्बन्धविच्छेदमा नागार्जुनले मौनता तोडे



एजेन्सी, ३१ भदौ । साउथ अभिनेत्री सामन्था रुथ प्रभु र नागा चैतन्यले गत वर्ष अक्टोबरमा अलग भएको घोषणा गरेका थिए । यो खबरले सबै स्तब्ध भएका छन् । अहिले भर्खरै नागार्जुनले छोराको सम्बन्ध विच्छेदको बारेमा खुलेर कुरा गरेका छन् । उनले यसलाई दुर्भाग्य पनि भनेका छन् ।

नागार्जुन भन्छन्, ’मेरो छोरो खुसी छ, यति मात्र देख्छु। यो उहाँसँग भएको एक प्रकारको अनुभव हो। यो निकै दुर्भाग्यपूर्ण पनि हो । हामी यसको बारेमा निरन्तर कुरा गर्न सक्दैनौं । यो हाम्रो जीवन बाहिर छ । त्यसैले मलाई आशा छ कि यो किस्सा सबैको जीवनबाट हट्नेछ।’

केही दिनअघि सामन्थाका बुवाले पनि सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेका थिए । उनको यो पोष्ट हेरेपछि छोरीको सम्बन्धविच्छेदको पिडाबाट उनी अझै निको हुन सकेका छैनन् ।

सामन्था र नागा चैतन्य सन् २०१० मा आएको फिल्म ये माया चेसावेको सेटमा प्रेममा परेका थिए । विवाहअघि यी जोडीले करिब तीन वर्ष एकअर्कालाई डेट गरेका थिए । त्यसपछि ६ अक्टोबर २०१७ मा दुवैले विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुले हिन्दू र क्रिस्चियन रिवाज अनुसार विवाह गरेका हुन् । विवाहको ४ वर्षपछि २०२१ मा दुवैले सामाजिक सञ्जालमा पोस्टमार्फत अलग भएको घोषणा गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्