काठमाडौं, २ असोज । नेपाली पात्रोले नयाँ सुविधासहितको मोबाइल एप सार्वजनिक गरेको छ । नेपाल र विश्वभरका ताजा, ब्रेकिङ समाचार, अपडेटहरू नियमित र छिटो अद्यावधिक गराइरहन ‘नेपाली पात्रो’ले समाचारको नयाँ सुविधा सहितको Android मा अपडेटेड भर्जन ६.४.२ तथा iso मा भर्जन ६.३.० सार्वजनिक गरेको हो।
नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ले समाचार सुविधा अन्तर्गत नेपालकै सबैभन्दा भरपर्दो मिडिया स्रोतहरूबाट ब्रेकिङ न्यूज अलर्ट, छलफल, विशेष अन्तर्वार्ता, विश्लेषण, फिचर स्टोरीहरू दिंदै आएको छ ।
प्रयोगकर्ताको अनुभवका आधारमा जारी नयाँ डिजाइन सहितको समाचार सुविधामा १० नयाँ उपयोगी अपडेट संलग्न गरिएको नेपाली पात्रोले जनाएको छ ।
यस नयाँ भर्जनमा यसअघि रहेका आफ्नो रोजाई (पर्सनलाइज्ड) सुविधालाई ‘यो गज्जब छ’ भन्ने थिममा थप व्यवस्थितरूपमा निरन्तरता दिइएको हो ।
प्रयोगकर्ताले लगईन गरेर आफूले रोजेका मनपर्ने समाचार स्रोत मात्रका संचार गृह र आफ्नो रुचि मात्रका सामाग्रीहरु प्राप्त गर्न सक्नेछन् ।
नेपाली पात्रो समाचार खण्डको यस ताजा अपडेटमा, लाइभ समाचार वेबसाइट, पत्रपत्रिका, टेलिभिजनका अनलाइन संस्करणहरुलाई सबै एकै ठाउँमा स्मार्ट तरिकाबाट थप सुविधा लिन पाइनेछ भने राजनीति, खेलकुद, चुनाव, व्यापार, मनोरञ्जन वा अन्य कुनै थुप्रै विषयवस्तुका समाचारहरु केवल एक क्लिकमा प्राप्त गर्न त सकिने कम्पनीले दाबी गरेको छ । समाचार पढ्ने अनुभवलाई अझ व्यवस्थित बनाउन यस अपडेटमा केही नविन प्रयोग गरिएको जनाइएको छ ।