काठमाडौं, २ असोज । निलम्बनमा परेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई निवासमै सरकारले नजरबन्द गरेको भन्दै आक्रोश पोखेका छन् । आज विहान ११ बजे सर्वोच्च अदालत फर्कने तयारीमा रहेका जबरालाई निवासमै रोकिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘प्रधानन्यायाधीशजस्तो व्यक्तिलाई नजरबन्द गरिनु लोकतन्त्रको उपहास हो । अनि नागरिक स्वतन्त्रता र अधिकार कसरी सुनिश्चित हुन्छ ?’ संसदको कार्यकाल सकिएको र महाभियोग सिफारिस समितिले शनिबार प्रतिवेदन बुझाएपछि उनी सर्वोच्च जाने प्रयासमा छन् ।
जबराले भने- म ११ बजे अदालत जान्छु, महाभियोग प्रमाणित भएन