Logo

विश्वेन्द्र पासवान सिरहा–४ बाट चुनाव लड्ने



काठमाडौं, २ असोज । बहुजन शक्ति पार्टी, नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवान आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिरहा–४ बाट प्रतिनिधिसभाको लागि चुनाव लड्ने भएका छन् । पार्टीका नेता तथा कार्यकर्ताले नै उनलाई सो क्षेत्रबाट चुनाव लड्न दबाब दिएका छन् ।

पार्टीले सिरहा–४ सँगै सप्तरी–४ र कपिलवस्तु–३ बाट पनि उम्मेदवारको लागि एक रुपमा नाम उनको सिफारिश गरेको पार्टीका सचिव रोशनकुमार पासवानले जानकारी दिए ।

हालै दिल्लीमा उपचार गराएर स्वदेश फर्किएका पासवान चुनावी तयारीको लागि देश दौडाहमा निस्किने भएका छन् । पासवान संविधानसभा सदस्य थिए । उनी वन तथा वातावरणमन्त्री पनि भएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्