Logo

पाँच दलीय गठबन्धनमार्फत लोकतन्त्र, गणतन्त्र र संविधानलाई बचायौंः झलनाथ खनाल



काठमाडौं, ३ असोज । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाँच दलीय गठबन्धनमार्फत लोकतन्त्र, गणतन्त्र र संविधानलाई बचाएको दाबी गरेका छन् । “तत्कालीन प्रधानमन्त्रीले संविधानको मर्म र भावना विपरीत आफ्नै पार्टीको दुई तिहाइ भएको संसद् दुईदुईपटक विघटन गरे । सारा देश कोभिडको महामारीमा आक्रान्त भएका बेला घोषणा गरिएको चुनाव सम्पन्न हुने अवस्था नै थिएन । हामीले पाँच दलीय गठबन्धनमार्फत लोकतन्त्र, गणतन्त्र र संविधानलाई बचायौं,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खनालले भने । अन्धकारको सुरुङतिर जान लागेको मुलुकलाई समाजवादको ढोकातर्फ जाने मार्गप्रशस्त भएको पनि उनको दाबी छ ।
खनालले राजनीतिक नेतृत्व स्वच्छ, असल र दूरदर्शी अनि समर्पित नभएसम्म देशले दुःख पाउने औंल्याए । गठबन्धनमा सहमति निर्माण गरेर निर्वाचन अभियानमा होमिने पनि उनको भनाइ छ । उनले रेडियो नेपाली नेटवर्कको सातौं वार्षिकोत्सवका अवसरमा शुभकामना पनि दिए । उनले भने, “एनआरएन रेडियो देशव्यापी रुपमा सुन्ने गरेका छन् । आम मिडियामध्ये रेडियो कर्म खर्चमा सुन्न सकिने मिडिया हो ।”



प्रतिक्रिया दिनुहोस्