काठमाडौं, ३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं–७ मा मानुषी यमी भट्टराईलाई उठाउने तयारी गरेका छन् । पछिल्लो समय प्रचण्ड र बाबुरामबीच सम्बन्ध सुमधुर भएको छ ।
बाबुरामले छोरी मानुषीलाई संसदीय राजनीतिमा प्रवेश गराउने तयारी गरेका छन् । उनले यसको लागि प्रचण्डसँग छलफल गरेको बुझिएको छ। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि मानुषी उठे उनलाई सघाउने वचन दिएका छन् । माधव नेपाल पनि मानुषीको उम्मेदवारीप्रति सकारात्मक हुने बुझिएको छ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुले मानुषीलाई उक्त क्षेत्रबाट उठाउनको लागि सहमति दिएका छन् । योसँगै मानुषीले पनि आफ्नो चुनावी तयारीलाई आक्रमकताका साथ अघि बढाएकी छिन् । प्रचण्डले काठमाडौंमा माओवादीले यसपटक चमत्कार गर्ने दाबी गरेका छन् । उनले मानुषी, ओनसरी घर्ती मगर र कुलमान घिसिङले चुनाव जित्ने अनुमान गरेर यस्तो बताएको कतिपयले नेताहरुको दाबी छ ।