काठमाडौं, ३ असोज । आगामी मंसिर ४ गतेको निर्वाचनको लागि आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आजसम्म दलले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउनुपर्नेछ । सोहीअनुसार अहिले दलले सूची बोकेर आयोगको कार्यालय पुगेका छन् । अहिलेसम्म साना दलहरुले मात्रै सो सूची बुझाएको बुझिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले आफ्नो सम्पुर्ण स्रोत साधन परिचालन गरेर काम गरिरहेको सुनाए । उनले आयोग परिसरमा आएका सवै राजनीतिक दलहरूको काम सम्पन्न नभएसम्म आफूहरु कार्यालयमै रहने पनि स्पष्ट पारे । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम