काठमाडौं, ४ असोज । सत्ता गठबन्धनको बैठक जारी छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धन दलभित्र सिट बाँडफाँटको विषय टुंग्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ ।
हिजो (सोमबार) प्रतिनिधिसभा र प्रदेशसभाको लागि समानुपातिकतर्फको बन्द सूची बुझाएपछि गठबन्धनका दलहरु आपसी छलफलमा जुटेका हुन् ।
गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले भने ९० सिटमा सहमति जनाउने बुझिएको छ।
अहिलेसम्म प्रतिनिधिसभाको १६५ सिटमध्ये ९६ सिटमा बाँडफाँट मिलेको नेताहरुको दाबी छ । आज÷भोलिभित्रै सहमति जुटाईने नेताहरुको दाबी छ ।