काठमाडौं, ५ असोज । कैलालीको छुट्टाछुट्टै दुई स्थानमा दुई शव फेला परेका छन । गोदावरीको शान्तिनगर एक र धनगढी उपमहानगरपालिकामा एक गरी दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
२५ वर्षीय मदन बडेला आफ्नै घरको आगनमा मृत फेला परेका थिए । उनको टाउको र खुट्टामा चोट लागेको छ । उनको मृत्युको कारण भने हालसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।