काठमाडौं, १३ असोज । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ ।
उनीहरुको आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
आमाको निधन भएसँगै राजेन्द्र पाण्डे हेटौडाबाट र सुरेन्द्र पाण्डे चितवनबाट काठमाडौं फर्किएका छन ।