Logo

म प्युठानी जनताका बीच रुख चिन्हमा मत माग्न आउनेछु : गोविन्दराज पोखरेल



काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रा.डा. गोविन्दराज पोखरेलले प्युठानमा गठबन्धनको सहमतिअनुसार जनमोर्चाकी दुर्गा पौडेललाई टिकट दिए विद्रोह गर्ने चेतावनी दिएका छन् । उनले आफू प्युठानी जनताका बीच रुख चिन्हमा मत माग्नमात्रै पुग्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत पोखरेलले आफ्नो असन्तुष्टि पोखेका छन् ।

उनले नेपाली काग्रेसका उम्मेदवारलाई बिजयी गराउन पनि फेशबुकमार्फत नै अनुरोध गरेका छन् । उनले फेशबुकमा लेखेका छन् –

प्युठानका धेरै साथीहरुको फोनको स्पष्ट जवाफ दिन गाह्रो भएको धेरै दिन भयो। राजनीतिक रुपले बिभिन्न्न दिशामा फर्केका दलको चुनावी गठवन्धनको रस्साकसि चलेकै छ। प्रारम्भिक सुचना अनुसार प्युठानको संघीय प्रतिनिधिसभाको उम्मेदवार गठवन्धनका तर्फवाट राष्ट्रिय जनमोर्चाले पाउने अनुमान गर्न सकिन्छ। प्युठानवाट संघमा प्रत्यक्ष उम्मेदवारका लागि नेपाली काग्रेस प्युठानले मेरो, दुईजना पुर्व सभापति( सुवासजी, अमरजी), पुर्व जिल्ला सचिव (शिवजी) लगायत ६ जनाको नाम सिफारिस गरेको थियो। २०७४ को संघीय निर्वाचनमा वाम गठवन्धनको तर्फवाट राजमोकी नेतृ दुर्गा पौडेलले नेपाली काग्रेसको उम्मेदवार मलाइ पराजीत गर्नु भएको थियो। अहिले उहानै नेका-वाम गठवन्धनवाट फेरि उम्मेदवार हुने चर्चा छ। यस पटक उहा हामीसंग गठवन्धन गरि २०७४ को गठवन्धनको सबै भन्दा ठुलो दल एमाले संग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। यी सबै परिदृष्य अहिले गठवन्धनको रस्साकस्सी चलिरहदा वाहिर अनौपचारिक रुपमा आएका समाचारका आधारमा गरिएका अनुमानहरु हुन।

म २०७४ सालमा नेपाली काग्रेसको तर्फवाट उम्मेदवार हुदा करिव ३१२८६ भन्दा वढी प्युठानी दाजुभाई दिदीवहिनिहरुले मलाई माया गरि मत दिनु भएको थियो। पराजीत भए पछि ५ वर्षमा म प्युठानका ६४ मध्ये ६३ वार्डमा पटक पटक दाजुभाई दिदीवहिनिहरुको घरआगनमा पुग्ने मौका पाए। मेरो उम्मेदवारीका लागि सिफारिस पनि भएको र जनताको सुखदुखमा आफुले सकेसम्म सहभागि भएकोले धेरैले फेरि पनि म नेपाली काग्रेसवाट उम्मेदवार भई आओस भन्ने ईच्छा गरेको पाएको छु। तर अनौपचारिकरुपमा बाहिर आएका समाचारका आधारमा म फेरि रुख चिन्ह लिएर उम्मेदवार भई आउने सम्भावना माथि प्रश्न चिन्ह लागेको छ। तर औपचारिक समाचार नआउदा सम्म सम्भावना छदैछ।

यदि बाहिर आएका गठवन्धनका समाचार सहि भएमा म प्युठानी जनताका बीच रुख चिन्हमा पार्टी र पार्टीको उम्मेदवारलाई मत माग्न आउने छु। नेपाली काग्रेसका उम्मेदवारलाई बिजयी गराउन विनम्र अनुरोध पनि गर्दछु। तपाईहरुको दुखसुखमा सधै साथ रहनेछु। मलाई अन्य किसिमले प्युठानमा संघिय उम्मेदवार हुनुहोस भन्ने धेरै शुभेच्छुक र साथीहरुको प्रस्तावमा म पार्टीको केन्द्रीय सदस्य भएकोले गम्भीर छु तर प्रस्तावलाई सकारात्मकरुपले लिएर उपायहरु खोज्दै छु। यस बीचमा केहि नयॅा परिदृष्यको विकास भएमा अवस्य जानकारी गराउने छु। जय प्युठान!!! जय नेपाल !!!



प्रतिक्रिया दिनुहोस्