काठमाडौं, २४ असोज । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराएका मकवानपुरका कुनैपनि उम्मेदवारमाथि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।
निर्वाचन कार्यक्रम अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका कुनैपनि उम्मेदवारमाथि उजुरी नपरेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए। निर्वाचन आयोगले उम्मेदवारीमाथि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकेको थियो ।
मकवानपुरका दुई प्रतिनिधिसभा क्षेत्र र चार प्रदेशसभा क्षेत्र गरी छ वटा क्षेत्रमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा प्रतिनिधिसभा सदस्य पदमा मकवानपुर क्षेत्र नम्बर १ बाट दुई स्वतन्त्रसहित १६ र क्षेत्र नम्बर २ बाट एक स्वतन्त्रसहित १० गरी २६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रदेशसभा सदस्य पदमा मकवापुर क्षेत्र नम्बर १ ९क० मा आठ, १ ९ख० मा १० र क्षेत्र नम्बर २ ९क० मा १० र २ ९ख० मा १५ गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।