काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश धमलाले आगामी निर्वाचनको लागि प्रतिनिधिसभातर्फ धादिङ–२ बाट दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन् ।
उनले पार्टीकै नेताको विरुद्धमा बागी उम्मेदवारी दिएका थिए । तर, आज (बुधबार) उनले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । सो क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसका रामनाथ अधिकारी उम्मेदवार छन् ।
आफ्नो उम्मेदवारी फिर्ता लिएका धमलाले अब अधिकारीलाई जिताउन सघाउने बताएका छन् । उनले आफूले जिल्लाका नेता, कार्यकर्ता र सहकर्मीको आग्रहमा उमेदवारी फिर्ता लिएको स्पष्ट पारेका छन् । उनले अब गठबन्धनका उम्मेदवारलाई जिताउने पनि विश्वास दिलाएका छन् । file photo