काठमाडौं, असोज ३० । सत्तारुढ गठबन्धनले आज काठमाडौंमा संयुक्त राजनीतिक प्रशिक्षण दिने भएको छ । आज दिउँसो १ बजे भक्तपुर काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा संयुक्त प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको हो ।
उक्त कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस नेता प्रकाशमान सिंहलगायतले प्रशिक्षण दिने छन्।
कार्यक्रममा सत्ता गठबन्धनमा रहेका सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुने जनाइएको छ ।