काठमाडौं, असोज ३० । आउंदो मंसिर ४ गते हुने निर्वाचनमा धनुषा ३ (क) मा जनमत पार्टीबाट उम्मेदवार रहेका डा प्रसन्न झा चुनाव प्रचारप्रसारमा व्यस्त छन् ।
चुनाव प्रचारको क्रममा छाला विशेषज्ञ समेत रहेका डा.झाले मतदाताहरुको निःशुल्क स्वास्थ्य चेकजाँच गर्दै मत मागिरहेका छन् ।
धनुषा ३(क) प्रदेशसभा सदस्यका उम्मेदवार झाले धनौजी वडा नम्बर २ बाट घरदैलो कार्यक्रम शुरु गरेका थिए ।
घरदैलो कार्यक्रम शुरु गर्नुुपूर्व इठरवा मन्दिरमा पूजा अर्चना गरेका डा.झाले आगामी निर्वाचनका लागि आफूलाई मत माग्न गाउँ–गाउँ पुगेका छन् ।