काठमाडौं, ३० असोज । आइतबार निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गरेको छ । जोशीको शव ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिएको हो । सलामी दिएर जोशीको शव किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिदै छ ।
जोशीको आज विहान १०३ वर्षको उमेरमा निधन भएको हो । जोशीको पार्थिव शरिर आज अन्तिम श्रद्धाञ्जलीको लागि ललितपुर महानगरपालिकामा राखिएको थियो ।
सो क्रममा जोशीको पार्थिव शरिरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाएका थिए । यस्तै, संस्कृतिमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने बताएका थिए । Photo : Mukunda Kalikote