Logo

कुन्ती पोख्रेलको चुनावी एजेण्डा : भ्रष्टाचारी, बलात्कारी, देशद्रोही र मानव बेचविखनका अपराधीलाई मृत्युदण्ड दिने कानून बनाउने



काठमाडौं, ४ कार्तिक । राप्रपाकी प्रभावशाली युवा नेतृ एवम आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि काठमाडौं-२ बाट उम्मेदवारी बनेकी कुन्तीदेवी पोख्रेलले चुनावी एजेण्डा सार्वजनिक गरेकी छिन् ।

उनले भ्रष्टाचारविरुद्धको महाभियान, हलोमा मतदान भन्ने मूल नारा बोकेर चुनाव प्रचारप्रसारलाई तिव्रता दिएकी छिन् । पोख्रेलको उम्मेदवारीले सो क्षेत्रका जनतामा खुशियाली छाएको छ । उनले भ्रष्टाचारी, बलात्कारी, देशद्रोही र मानव बेचविखनका अपराधीलाई मृत्युदण्ड दिनुपर्ने गरि कानून निर्माण गर्नुपर्ने कुरालाई मुख्य एजेण्डा बनाएकी छिन् ।

त्यस्तै, उनले मुलुकमा अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने पनि एजेण्डा अघि सारेकी छिन् । लामो समयदेखि संघीयता खारेजीको वकालत गरेको राप्रपाको एजेण्डालाई पनि उनले चुनावी एजेण्डा बनाएकी छिन् । राजनीतिको साथै नीति निर्माणको तहमा सशक्त युवा नेतृत्वको हस्तक्षेप गर्नुपर्ने कुरालाई पनि उनले प्राथमिकताका साथ उठाएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्