Logo

भत्काउनुपर्छ: महानगर, संरक्षण गर्नुपर्छः पुरातत्व



काठमाडौं, कात्तिक ७ । टुकुचा खोलामा निर्माण गरिएको सुरुङ संरक्षण गर्ने कि भत्काउने विषयमा विवाद देखिएको छ । अनधिकृत संरचना हटाउने काठमाडौँ महानगरपालिकाको अभियानअन्तर्गत भेटिएको टुकुचा खोलामा निर्मित सुरुङ संरक्षण गर्ने कि भत्काउने विषयमा महानगरपालिका तथा पुरातत्व विभागको आ–आफ्नै तर्क र अडान रहेको छ ।

प्राकृतिक रूपले निर्मित बाटोमा खोलानाला बग्नुपर्छ, त्यसमा कुनै किसिमको कृत्रिम छेकबार वा अवरोध सिर्जना गर्नु हुँदैन भन्ने तर्कका आधारमा टुकुचामा निर्माण गरिएको सुरुङ भत्काउनुपर्छ भन्ने महानगरको तर्क छ भने सय वर्षअघि नै निर्माण गरिएकाले सो सुरुङ पुरातात्विक सम्पदा भएकाले त्यसको संरक्षण गर्नुपर्छ भन्ने पुरातत्व विभागको अडान छ ।

काठमाडौँ महानगरपालिकाले गत भदौ ३० गते दरबारमार्गस्थित जय नेपाल सिनेमाघरकोे कम्पाउन्ड खोतल्दा टुकुचा खोला भेटिएको थियो । नारायणहिटी दरबार हुँदै बग्ने गरेको टुकुचा खोला मिचेर सिनेमाघरले जग्गा भोगचलन गर्दै आएको छ । पुरातत्व विभागद्वारा गरिएको अध्ययनमा टुकुचाको भूमिगत सुरुङ पुरातात्विक सम्पदा भएको पुष्टि भएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्