Logo

माओवादीले सोमबार दिउँसो घोषणापत्र सार्वजनिक गर्दै



काठमाडौं, १३ कात्तिक । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले भोलि आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र माओवादीले सोमबार सार्वजनिक गर्न लागेको हो ।

पार्टीले केन्द्रीय कार्यालय पेरिसडाँडाबाट दिउँसो ३ बजे घोषणापत्र सार्वजनिक गर्न लागेको स्रोतले जनाएको छ । घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने उल्लेख गरिएको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्