काठमाडौं, १४ कात्तिक । नेकपा माओवादी केन्द्र प्रदेश १ ले प्रादेशिक प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । प्रदेश माओवादीले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि संघीयता कार्यान्वयन, पुर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विषय समेटिएका छन् ।
५ वर्ष भित्र प्रदेश राजधानीको बाँकी भौतिक पूर्वाधार सबै सम्पन्न गर्ने, समृद्ध प्रदेशको लागि माओवादीको प्रदेश सरकार निर्माण गर्ने पार्टीको प्रतिवद्धता छ । पार्टीले स्थानीय तहसँगको सहकार्यमा पूर्वाधार निर्माण र संघीयता कार्यान्वयनको कामलाई अगाडी बढाउने र आम प्रदेशवासीको भावना र अपनत्व हुने पहिचान झल्कने गरी प्रदेशको नामाकरण गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
त्यस्तै, आर्थिक विकास, स्वास्थ्य पूर्वाधार, सडक पुल, खानेपानी सिँचाई र उर्जा, सुशासन, सामाजिक सुरक्षा, पर्यटनलगायतका विषयहरु पत्रमा समेटिएका छन् ।
हेरौं पार्टीले सार्वजनिक गरेको प्रतिवद्धता पत्र