Logo

इन्द्र बानियाँलाई स्वतन्त्र उम्मेदवार चेपाङको समर्थन



काठमाडौं, १५ कात्तिक । नेपाली काँग्रेसका बाग्मति प्रदेश मकवारपुर नम्बर २ (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँलाई स्वतन्त्र उम्मेदवार खुसीलाल चेपाङले ले समर्थन गर्ने भएका छन् । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका चेपाङले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर बानियालाई समर्थन गर्ने भएका हुन ।

मंगलबार साँझ हेटौँडामा पत्रकार सम्मेलन गर्दै चेपाङले लोकतान्त्रिक(वाम गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन आफ्नो उम्मेदवारी निष्क्रिय पारेर बानियाँलाई समर्थन गरेको घोषणा गरेका छन। नेपाल चेपाङ संघको बागमती प्रदेश अध्यक्ष रहेका उनी माओवादी केन्द्रका नेता पनि हुन्।

‘निर्वाचन आयोगमार्फत मेरो उम्मेदवारी फिर्ता लिन प्राविधिक कारणले नमिल्ने भए पनि राजनीतिक रूपमा म आफू उम्मेदवार नरहेको पुनः स्पष्ट पार्दै प्रतिनिधिसभा २ को प्रदेश सभा (ख) मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारलाई सहयोग गर्न अपिल गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछु।’ –चेपाङले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्