Logo

सिरहा–४ (क) मा जनपक्षीय एजेण्डा बोकेको कारण शक्ति कुमार वाइबाको पक्षमा माहोल



काठमाडौं, १७ कार्तिक । सिरहा क्षेत्र नम्बर ४ (क) मा स्वतन्त्र प्रगतिशील जन समूह नेपालमा सक्रिय रहेका युवा नेता शक्ति कुमार वाइबाले स्वतन्त्र उम्मेदवारी दिएपछि क्षेत्रवासीमा खुशियाली छाएको छ । लामो समयदेखि सुशासनको पक्षमा वकालत गर्दै आएका युवा नेता वाइबाको उम्मेदवारीले युवादेखि वृद्धसम्ममा खुशियाली छाएको छ।

वाइबाले सो क्षेत्रमा विकासप्रेमी नेताको छवि बनाएका छन् । राजनीतिमा सेचत युवाहरुको सशक्त हस्तक्षेप हुनुपर्ने उनको सोच छ । देश र ग्रामिण परिवेशलाई राम्रोसँग बुझेका युवा सो क्षेत्रका प्रख्याँत कम्युनिष्ट नेता विष्णुलाल वाइबाका भतिजा हुन् । बि.एल. वाइबाले चिनिने विष्णुलाल ०४८ सालमै जनमोर्चाबाट सांसदमा निर्वाचित भएका थिए । दिनदुखी र विपन्नहरुको साहरा बनेका वि.एल. को हालै निधन भएको छ । अहिले उनको विरासतको भारी बोक्न उनकै भतिजा शक्ति कुमार वाइबा सक्रिय राजनीतिमा होमिएका छन् । जीवनको आखिरी कालमा वि.एल. माओवादी केन्द्रमा सक्रिय थिए । उनी पार्टीको पोलिटब्यूरो सदस्य थिए ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा शक्तिले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । उनी रिक्सा चुनाव चिन्ह लिएर प्रचारप्रसारमा व्यस्त छन् । विगतमा विकास आयोजनामा सफल नेतृत्व गरेका वाइबाले गरिव तथा विपन्नको जीवनमा व्यापक सुधार ल्याउनुपर्ने एजेण्डालाई बोकेका छन् ।

उनले विकासमा समूदायको सहभागितालाई जोड दिँदै आएका छन् । दलगत राजनीतिको असफलता देखेका कारण उनी स्वतन्त्रबाट चुनावी मैदानमा छन् । अहिले ‘मत जनताको हातमा, जनता शक्तिको साथमा’ नारा घन्किन थालेको छ ।

उनले आफ्नो उम्मेदवारीको कारण पनि खुलाएका छन् । उनले वैज्ञानिक कृषि खेतिलाई बढावा दिने उल्लेख गरेका छन् । त्यस्तै, शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तन ल्याउनुपर्ने उनको जोड छ । वाइबा आँफै भने अहिलेको निर्वाचनमा उम्मेदवारहरुले पैसाको खोलो बगाएको देखेर चिन्तित छन् । पैसाको चलखेल गरेर चुना जित्नेले देश र जनताको सेवा गर्न नसक्ने उनको ठोकुवा छ ।

पछिल्लो समय उनी सामाजिक सञ्जाल फेशबुकमार्फत प्रत्यक्ष कुराकानीमा पनि जोडिने गरेका छन् । उनले सो लाइभमा पनि राजनीतिमा देखा परेका सबैखाले विकृति, विसंगतिको अन्त्यको लागि जोड दिने गरेका छन् । उनले हालैको लाइभमा भनेका छन्,‘०४८ सालमा बि.एल. वाइबाले विश्वेश्वर मरवैतालाई नराम्रोसँग हराउनुभएको थियो । उहाँले पैसाबिना पनि चुनाव जितेको इतिहास छ । पैसाले चुनावमा अलिकति प्रभावित बनाउन सकिएला, तर यो विकृति हो । हिजोदेखि गाउँगाउँमा पैसा बोकेर दलालहरु छिरेका छन् भन्ने सूचना हामीकहाँ आएको छ । ती दलालहरुले युवाहरुलाई मासुको चोक्टा र रक्सीको झोलमा लोभ्याउने काम गरेका छन् । म सबै युवाहरुलाई सचेत रहन आग्रह गर्दछु । आफ्नो मतलाई पैसामा नबेचिदिनुहोस । पैसा बाँड्न आउनेहरुलाई घोक्र्याएर पठाउनुहोस ।’

उनले आफ्नो ठूलोबुवा वि.एल.ले जनताको सहयोगले चुनाव जितेको इतिहास स्मरण गराए । उनले भने,‘उहाँ (बि.एल.ले) जनताको बलमा चुनाव जित्नुभएको थियो । उहाँले देखाएको सत्यको बाटोमा हिँड्नेछु । म कहिल्यैपनि गलत र असत्यको बाटोमा हिँड्नेछैन् ।’

वाइबाले आफूलाई जिताउनुपर्ने कारणपनि मत माग्ने क्रममा राख्ने गरेका छन् । उनले आफू विजयी भए राजनीतिक र नीतिगत तहको भ्रष्टाचार निवारण गर्ने अठोट लिएका छन् । त्यस्तै, प्रशासनकि कुशासन अन्त्य गरी सुशासन कायम गर्न भूमिका खेल्ने पनि उनले अर्को विश्वास दिलाएका छन् ।

वाइबाले युवा उद्यमशीलतालाई प्रवद्र्धन गरी स्थायी रोजगारीको व्यवस्था गर्नको लागि पनि आफूलाई जिताउनुपर्ने तर्क गर्ने गरेका छन् । उनले आफूले सो क्षेत्रको विकास र समृद्धिमा लहर ल्याउने पनि वाचा गरेका छन् । किसानलाई कृषिजन्य वस्तुको उचित मुल्य दिलाउन पहल गर्ने, तरकारी वालीमा रहेको विचौलिया र दलालतन्त्रला अन्त्य गर्ने, निर्वाचन क्षेत्रभरि सौर्य सडक वक्तिको व्यवस्था गर्ने, कर्जन्हा र मिर्चैया नगरपालिकाको समस्या प्रदेशसभामा उठाउनेलगायतका उनले प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

कर्जन्हा–५ बडहरा मिर्चैयाका शक्ति वाइबा काजिलाल वाइबा र आमा मीना लामाको छोरा हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर (एम.ए.) डिग्री हाँसिल गरेका छन् भने हाल उनी अमेरिकन टेक्सिला विश्वविद्यालयबाट पि.एच.डी. अध्ययनरत छन् । उनीसँग विभिन्न सरकारी तथा गैरसकारी संस्थामा २० वर्ष भन्दा बढि काम गरेको अनुभव छ ।

उनले सेभ द चिल्ड्रेन, एक्सन एड, एड्रा नेपाल, स्वीस दूतावास, कृषि, सरकारी तथा गरिबी निवारण मन्त्रालयमा पनि काम गरेका छन् । शक्तिलाई जिताउनको लागि पाकाको आर्शिवाद र युवाहरुको साथ रहेको छ । हाल उनको चुनावी कमाण्डरको रुपमा सो क्षेत्रका पाका कम्युनिष्ट नेता रामअवतार राइ नै खटिएका छन् । उता, भरत महतो, रामभरोसी यादवलगायतका युवाहरुपनि उनको चुनाव प्रचारप्रसारमा सक्रियताका साथ खटिएका छन् ।



प्रतिक्रिया दिनुहोस्