काठमाडौं, १७ कार्तिक । नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस आजपनि नसकिएपछि भोलि (शुक्रबार) का लागि हेर्दहेर्दैमा राखिएको छ । आजको थुनछेक बहसमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापासहित ८ जनाले बहस गरेका थिए ।
हिजो (बुधबाार) बाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस जारी छ । तर, आजपनि बहस नसकिएपछि अब शुक्रबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । Photo By: Mukunda Kalikote/ReportersNepal