काठमाडौं, १८ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सिरहा–४ बाट उम्मेदवारी दिएका डा. वीरेन्द्र प्रसाद महतोले आजबाट घरदैलो कार्यक्रम सुरु गरेका छन् । जन–भेटघाटमा उनलाई पाकाले आर्शिवाद र युवाहरुले साथ दिएका छन् ।
विकासप्रेमी नेताको छवि बनाएका महतोले सो क्षेत्रको विकास गरेरै छाड्ने अठोट लिएको कारण र राजनीतिक–लाभको पदमा नहुँदापनि सो क्षेत्रको विकासमा पुर्याएको योगदानको कारण उनी यसपटक निर्विकल्प उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् । हुन त महतो स्वयमले पनि आफूले निर्वाचन जितिसकेको दाबी गर्ने गरेका छ्न । जसपा–एमाले गठबन्धनबाट साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा रहेका महतोले सो क्षेत्रमा रोजगारीको सिर्जना गर्ने र ठूलो संख्यामा विदेशिएका युवाहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउने अठोट लिएका छन् ।
आजसम्म सो क्षेत्रबाट जितेर गएका जनप्रतिनिधिले झुठो आश्वासन बाँड्नुबाहेक अरु केही पनि नगरेको कारण सिरहा–४ विकासको दृष्टिकोणले जहाँको त्यहीँ रहेको उनको गुनासो छ । तर, उनले अब गुनासो गरेर बस्नेभन्दा पनि आफूले सो क्षेत्रको विकासको लागि केही गरेर देखाउने भएकोले चिन्ता नगर्न आम मतदाताहरुसमक्ष आग्रह गरेका छन् ।
महतोले आफूले विकास र समृद्धिबाहेक अरु कुनै सपना नदेखेको भन्दै सिरहा–४ लाई समृद्ध क्षेत्रको रुपमा विकास गरेरै छाड्ने उद्घोष गरेका छन् । देशकै प्रसिद्ध व्यवसायी तथा उद्यमीको छवि बनाएका महतो लामो समयदेखि जिल्लाको समग्र विकासमा क्रियाशिल छन् । महतोको विकासप्रतिको लगावकै कारण यतिवेला उनको पक्षमा सो क्षेत्रका विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुपनि पार्टीभन्दा माथि उठेर उनलाई जिताउन लागिपरेका छन् ।
महतोले भने मुलुकमा संघीयतालाई जिवित राख्न, गणतन्त्र, समावेशी र समानुपातिक प्रणालीको रक्षा गर्न, लामो संघर्षपछि प्राप्त उपलब्धिहरुलाई रक्षा गर्न, दिगो विकास र समृद्धिको लागि आफूले सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाउदै आएका छन् । यसको अलावा युवा पुस्ताको संरक्षण गरी उनस्ीहरुलाई राजनीतिको निर्णायक तहमा पुर्याउनको लागि पहल लिने उनको विश्वास छ ।
महतो जसपामा मात्रै नभएर सिंगो देशको लागि नै कुशल संगठक र युवाहरुको संरक्षक अनि विकासवादी नेताको रुपमा चिनिन्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मामिलाका बारेमा समेत जानकार रहेका महतोले सो क्षेत्रको विकासलागि आफूले हावादरी र महत्वकांक्षी सपना नबाँड्ने बरु आफूले गर्नसक्ने कुरा परिणम नै आउनेगरि तत्काल गरेर देखाउने वचन दिएका छन् ।
महतोले आफ्नो चुनावी प्रचारप्रसारलाई आजबाट आक्रामक रुपमा अघि बढाएका छन् । उनी आज आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मिर्चैया नगरपालिकाको वडा नम्बर १, २ र ३ को घरदैलोमा पुगेका छन् । सो क्रममा उनले पाकाहरुको आर्शिवाद ग्रहण गरेका थिए ।
उनको घरदैलोमा व्यापक जनसहभागिता देखिएको थियो । महतोको चुनावी कमाण्डरको रुपमा जसपा र एमालेका युवा नेताहरु सक्रियताका साथ लागिपरेका छन् । विष्ण साह, केशबप्रसाद साह, अञ्जनी राई, प्रभात सिंहलगायतका युवाहरु महतो जिताउनको लागि अहोरात्र खटिएका छन् ।
Related News
वीरेन्द्र महतोको उम्मेदवारीले युवादेखि पाकासम्ममा खुशियाली, घरदैलोमा जनलहर
‘एमाले–जसपा गठबन्धनले दुई तिहाई बुहमत ल्याउँछ, कांग्रेस पत्तासाफ हुन्छ’ : डा. महतो (भिडिओसहित)
सिरहा–४ का उम्मेदवार डा. वीरेन्द्र महतोको घोषणा : मैले चुनाव जितिसकें (भिडिओसहित)
डा. महतोको आक्रामक चुनावी प्रचार, आफ्नो क्षेत्रको विकास गरेरै छोड्ने प्रतिबद्धता
सिरहा-४ मा डा. वीरेन्द्र महतोको उम्मेदवारीले क्षेत्रवासी उत्साही, विकासको लहर आउने विश्वास
पूर्व सभासद् डा. महतोद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न, फलफूल तथा शैक्षिक सामाग्री सहयोग