Logo

जीतपुरसिमराको निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउने वडाध्यक्ष पक्राउ



काठमाडौं, २० कात्तिक । निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउने वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ को वडाध्यक्ष सुनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

गुप्ताले सोही उपमहानगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका थिए ।

सोही कार्यालयमा बारा क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय पनि छ । उनले तालाबन्दी गरेको कारण भने खुलाइएको छैन् ।



प्रतिक्रिया दिनुहोस्